Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दीपेन्द्र र सन्दीपले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने


    शुक्रबार, असार २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएका कारण एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।

    दुवै जनाले श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स कप गुमाउने भएका हुन्।

    जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने बताएका हुन्।

    ग्लोबल टी-२० साउन ४ गतेदेखि सुरु हुँदैछ। लिगमा दीपेन्द्र मोन्ट्रेल टाइगर्स र सन्दीप सर्रे जागुअरमा आबद्ध छन्।

    असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा एसियाका टेस्ट राष्ट्रसहित अरु टिमले युवा खेलाडी समेटेर ‘ए’ टिम बनाएको छ। अघिल्ला प्रतियोगितामा उनीहरुले यू-२३ टिम पठाउथे।

    नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ।

    नेपालले दोस्रो खेल भातरको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।

    दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

    समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए

    समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार