Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै आज पनि एमालेद्वारा राष्ट्रियसभा अवरुद्ध


    बिहिबार, असार २१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।

    बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए ।

    गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए ।

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।

    आज पनि बैठक अवरुद्धपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्‍ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार