महोत्तरी । प्रहरीको काम शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने हो । तर महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित एनएमबी बैंक लुटपाट भएको एक महिनासम्म पनि प्रहरीले लुटपाटमा संलग्न दोषी फेला पार्न सकेको छैन । महोत्तरी गाउँपालिका २ मा रहेको एनएनबी बैंकको शाखा कार्यालयमा गएको जेठ १६ गते दिउँसो १२ बजे ३५ लाख रुपैयाँ लुटपाट भएको थियो । लुटपाट भएको एक महिनासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रमुख एसपी प्रकाश मल्ल ध्यान शान्तिसुरक्षामा भन्दा पनि कमाउधन्दातिर बढी केन्द्रित हुने गरेको आरोप छ । बैंक लुटपाट भएको एक महिनासम्म पनि त्यसमा संलग्न दोषीहरु फेलापर्न नसक्ने एसपी मल्लले महोत्तरीका सीमाक्षेत्रमा तस्करहरुबाट हप्ता असुली गर्नका लागि तीन जना घुुमवा परिचालन गरेका छन् ।
आईजीपी बसन्तबहादुर कुँवरले लामो समय कार्यरत घुमुवाका कारण भ्रष्टाचार बढेको, तस्करी बढ्दा राजस्व लक्ष्य अनुसार असुली नभएकाले हटाउन वा दरबन्दीमा फर्काउन भने पनि महोत्तरीमा त्यो लागू हुन सकेको छैन । घुमुवा–तस्कर सेटिङमा महोत्तरीका नाका नाकाबाट निर्वाध तस्करी हुँदैआएको छ । सर्वसाधारण नागरिकले सीमापारीको भारतीय बजारबाट दैनिक उपभोग तथा विवाह, व्रतबन्ध, पूजापाठ, श्राद्ध कर्मका लागि चाहिने सामग्री ल्याउँदा बरामद गरेर दुःख दिने प्रहरीले कालियालाई भने गाडीमै ल्याउँदा पनि छुट दिंदैआएको छ ।
महोत्तरीका नाका नाकामा बरिष्ठ सई सन्तोष झा, असई रामइश्वर भन्ने बच्चा यादव र सिपाही राजेश यादवलाई घुमुवाका रुपमा खटाइएको छ । यी तीन घुमुवाका अतिरिक्त बिमलेश झा नामका एक गैरप्रहरीलाई समेत एसपी मल्लले बिचौलियाका रुपमा सेटिङमा लगाउने गरेको स्रोतले बताएको छ । भारतीय नम्बर प्लेटको बोलेरो गाडी २ बर्षदेखि उनले गैरकानुनीरुपमा प्रयोग गर्दै महोत्तरीका एसपीको निकट भएर बिभिन्न उजुरीमा मोलतोल गर्ने गरेको आरोप छ । यसबारेमा विमलेश झाले भने– बिचौलियाको काम गरेको प्रमाण देखाए जुनसुकै संजाय भोग्न तयार रहेको बताए । गलत मानिसहरुले दिएको सूचनाका आधारमा समाचार नबनाउनुस्, मेरोबारेमा बुझ्नुुुस् ।’ उनले भने–मैले भारतीय नम्बर प्लेटको गाडी भन्सार बुझाएर १५ बर्षदेखि प्रयोग गर्दैआएको छु । भन्सार कार्यालयमा सोधेर जानकारी लिन सक्नुहुन्छ ।’
बरिष्ठ सई सन्तोष झाको जागिर अवधि पनि केही महिनामात्र भएकाले उनी जसरी हुन्छ तस्करसँग सेटिङ गरी कमाउधन्दामा लिप्त छन् । जिल्लामा हुने तस्करी र भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईसमेत मौन छन् । स्वयं डीआईजी कार्यालयका डीएसपी ज्ञानकुमार महतोले सहायक हवल्दार धर्मेन्द्र यादवलाई महोत्तरीमा घुमुवाका रुपमा कमाउधन्दामा लगाएका छन् ।
महोत्तरीको गौशाला क्षेत्रका नामुद ब्यापारी कालियाले राजेश राय र बच्च यादवसँग सेटिङ मिलाएर बीपी राजमार्ग हुँदै कपडाको भन्सारछली तस्करी गर्दैआएका छन् । मटिहानी नाका हुँदै उनले भारतबाट कपडा ल्याउने र बीपी राजमार्ग हुँदै काठमाडौंमा पठाउँदैआएका छन् । मदन रुन्चेले बीरगंजबाट तस्करीको नेटवर्क राजस्व अनुसन्धान विभागसम्मै सेटिङ मिलाएर गरेजस्तै कालियाले महोत्तरीबाट भन्सारछली गरी कपडा काठमाडौं पुर्याउने गरेको आरोप छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend