काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ। बोर्डले एक/दुई दिनमै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।
प्राविधिक काम सकिएमा बुधबार नै परीक्षा बोर्डको बैठक बस्ने तयारी छ। बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्नेछ। बोर्डले कक्षा १० को यसअघिको जस्तै लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार प्रकाशित गर्ने तयारी गरेको छ।
एसईईको नतिजा बेवसाइट,एसएमएस र आईभीआरबाट प्रकाशित गर्ने बोर्डले जनाएको छ। नतिजा प्रकाशनका लागि पाँचवटा संस्थाले अनुमति पाएका छन्।
नेपाल टेलिकम,जानकी टेक्नोलोजी प्रालि,इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र क्रियसन सफ्ट नेपाल प्रालिले एसईईको नतिजा प्रकाशनका लागि अनुमति पाएका हुन्।
यस्तै १४ वटा वेवसाइटबाट पनि नतिजा हेर्न मिल्ने बोर्डले जनाएको छ। गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend