काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ ।
कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने जनाएको छ । नतिजा भने २०८१ असार दोस्रो हप्ता सार्वजनिक गर्ने कार्यालय दाबी गरेकाे छ ।
कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ ।
त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend