Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पारिश्रमिक कम भएकोमा शिक्षकहरू रुष्ट, एसईईको उत्तरपुस्तिका नजाच्‍ने


    सोमबार, बैशाख १० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने चेतावनी दिएका छन् ।

    शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्पत जनाएका छन् ।

    नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलेशबहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

    हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन्। दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ ।

    संयुक्त बिज्ञप्ति

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार