काठमाडौं। जितका लागि नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि आज भएको खेलमा नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाउन सफल भएको हो।
नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए। त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ८ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै ज्ञानेन्द्र मल्ल ७, कप्तान रोहित पौडेल २९, भीम सार्की २०, सन्दीप लामिछाने ३२, करण केसी ४ रनबाट आउट भए।
युएईविरुद्ध राम्रो पारी खेलेका दीपेन्द्र सिंह ऐरी शून्यमा आउट भए भने किशोर महतो १ रनमा अविजित रहे।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend