काठमाडौं । पछिल्लो २४ घण्टायता थप १ हजार ४ सय ५९ नयाँ संक्रमित थपिएका छन्। हालसम्म ५६ हजार ७ सय ८८ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
हाल देशभर सक्रिय संक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ छ । यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेशनमा छन्। ७ हजार ६ सय ४० जना होम आइसोलेशनमा छन्।