काठमाडौं । शान्ति सेनासम्बन्धी बिषय हेर्ने संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पिर्रे लाक्रोइक्स (Jean Pierre lacroix) नेपाल भ्रमणमा आएका छन् । चार दिने भ्रमणका लागि लाक्रोइक्स नेपाल आएका लाक्रोइक्स शुक्रबार फर्किने कार्यक्रम छ ।
उपमहासचिव लाक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रम तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उपमहासचिव लाक्रोइक्सले नेपालले शान्तिसेना पठाएर अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई सहयोग पुर्याएकोमा प्रशंसा गर्नुभएको थियो ।
साथै नेपालले जुन १३ देखि १६ सम्म संयुक्त राष्ट्रसंघसँग मिलेर पीटीपीआईएस (PTPIS) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भब्यताका साथ आयोजना गरेको छ । राष्ट्रसंघका उपमहासचिव लाक्रोइक्सले उक्त कार्यक्रम आयोजना गरेकोमा नेपाललाई बधाइ दिनुभएको छ । त्यो कार्यक्रमको संयोजन रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले गर्नुभएको थियो ।
साथै सो अवसरमा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले पुर्याएको योगदान सम्बन्धमा उहाँले कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रको ५० भन्दा बढी देशका सहभागीहरुले खुलेर प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेना र परराष्ट्र मन्त्रालयको तर्फबाट पनि कार्यपत्र प्रस्तुत गरिएको थियो ।
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend