Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काभ्रेमा सिम्रिकलाई हेलिपोर्ट बनाउन दिने मन्त्रीको निर्णय प्राधिकरणद्वारा खारेज


    बुधबार, असार १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरलाई हेलिपोर्ट सञ्चालन गर्न दिने पर्यटन मन्त्रालयको निर्णयलाई खारेज गरिदिएको छ ।

    गत २८ जेठमा पर्यटन मन्त्री सुदन किरातीले हेलिपोर्ट सञ्चालन गर्न दिने मन्त्रीस्तरीय निर्णय गरेर कार्यान्वयनका लागि प्राधिकरणमा पठाएका थिए । तर, प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयले बुधवार उक्त निर्णय खारेज गरिदिएको हो ।

    निजी क्षेत्रलाई हेलिपोर्ट बनाउन दिने कानूनी व्यवस्था नभएकोले सिम्रिकलाई हेलिपोर्ट सञ्चालन गर्न दिन नसक्ने निर्णय गरेको प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले गरेको जानकारी दिए ।

    उक्त सिम्रिकले काभ्रेमा हेलिकप्टरको उडान तथा अवतरण गर्ने विमानस्थल (हेलिपोर्ट) सञ्चालन गर्न पर्यटन मन्त्रालयमार्फत निर्णय गराएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार