तनहुँ। नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयनमा आएसँगै वर्षौँपछि नागरिकता पाउने परिवारमा खुसी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुसी दिलाएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारले ल्याएको ऐन कार्यान्वयनमा ल्याएसँगै खुसी भएका हुन् । ऐन कार्यान्वयनमा आएसँगै तनहुँमा पाँच जनाले नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँबाट शुक्लगण्डकी नगरपालिका–५ का दुई जनाले र भिमाद नगरपालिका–६ का तीन जनाले नागरिकता पाउनु भएको हो । शुक्लागण्डकीका आर्जु खातुन र सहिल अलिले नागरिकता पाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
खातुनको वीरगञ्ज महानगरपालिका–२ मा २०५४ साल चैत्र १५ गते र अलिको सोही ठाउँमा २०५६ साल चैत्र १७ गते जन्म मिति रहेको र उहाँहरू दुवै जनाले वंशजको आधारमा नागरिकता प्राप्त गर्नु भएको गैरेले बताए ।
यसैगरी भिमादमा एकै परिवार तीन जनाले नागरिकता प्राप्त गरेका छन् । आइतबार नागरिकता पाउनेहरूमा भिमाद नगरपालिका–६ निवासी परी गुप्ता रौनियार, अनमोल गुप्ता रौनियार र नेहाल गुप्ता रौनियारले नागरिकता प्राप्त गरेका हुन् । उनीहरु सबै एकै परिवारको र वीरगन्ज महानगरपालिका –१७ मा जन्म भएको गैरेले जानकारी दिए ।
परी गुप्ताको जन्ममिति २०६३ साल असोज ९ गते, अनमोलको २०६१ साल भदौ २१ गते, नहालको जन्ममिति २०६० असार १६ गते रहेको सहायक प्रजिअ गैरेले बताए । गैरेका अनुसार भिमादको तीन र शुक्लागण्डकी दुई गरी पाँच जनाले नै वंशजको आधारमा नागरिकता प्राप्त गरेका हुन् । जन्मका आधारमा नागरिकता लिन १४ किसिमका कागजात आवश्यक पर्छ ।
नागरिकता प्राप्त गर्ने परिवारमा खुसीयाली छाएको छ । नागरिकता पाएपछि आफ्नो परिवारलाई खुसी दिलाएको शुक्लागण्डकी–५ की आर्जु खातुनले बताए । नागरिकता नहुँदा जागिर खान समस्या परेको उनको गुनासो थियो ।
जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ । यस्तै, बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने प्रशासनले जनाएको छ ।
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend