Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • साफ च्याम्पियनसिपमा पाकिस्तानमाथि नेपालको सान्त्वना जीत


    मंगलबार, असार १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई आज १-० ले पराजित गरेको छ । नेपालको जीतमा ८०औँ मिनेटमा आशिष चौधरीले गोल गरेका हुन् । उनले लाकेन लिम्बूको पासमा गोल गरेका छन् ।

    उनी दोस्रो हाफको सुरुवातमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए । अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो ।

    पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले निराश हुन पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार