Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १–० ले पराजित भएको छ । साफ च्याम्पियनसिपको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा फिलिपिन्सका लागि ४९ औं मिनेटमा जार्भी गायसोले गरेको गोल नै निर्णायक भएको हो ।

    हार्वे गायोसुले ४९औं मिनेटमा गरेको गोल फिलिपिन्सको जीतमा निर्णायक बन्यो। साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुनेछ।

    ए डिभिजन लिगका कारण तयारी गर्न लामो समय नपाएको नेपाली टीम केही दिन यता फिलिपिन्समै अभ्यास गरिरहेको छ । नेपाल र फिलिपिन्सले यसअघि ६ खेल खेलेका थिए । जसमा नेपालले एक र फिलिपिन्सले चार खेल आफ्नो पक्षमा पर्दा एक खेल बराबरीमा सकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार