Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगे


    मंगलबार, असार १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चिनियाँ अर्बपति ज्याक मा आज (मंगलबार) नेपाल आइपुगेका छन्। उनी अहिले राजधानी काठमाडौंमा छन् । उनी बंगलादेशबाट चार्टर्ड विमान लिएर काठमाडौं आएका हुन्।

    विश्व विख्यात ‘अलिबाबा ग्रुप’का संस्थापकसमेत रहेका ज्याक मा नेपालमा को-कोसँग भेट गर्ने भन्नेबारे केही खुलेको छैन।

    दुई वर्षअघि ज्याक मा ‘गायब’ भएको चर्चा सञ्चारमाध्यममा छाएको थियो। दुई महिना बढी सार्वजनिकरूपमा देखा नपरेपछि उनी गायब भएको चर्चा संसारभरि छाएको थियो। चीन सरकारले उनलाई नजरबन्दमा राखेको चर्चा पनि चलेको थियो।

    लामो समयको अन्तरालपछि उनी सार्वजनिक कार्यक्रममा देखा परेका थिए। उनी सार्वजनिक भएसँगै अलिबाबाको सेयरसमेत उकालो लागेको थियो।

    ज्याक मा अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’ पनि चलाउँदै आएका छन्। उनले यही फाउन्डेशनमार्फत् ग्रामीण क्षेत्रमा देखा परेका समस्याहरूको उजागर गर्दै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार