काठमाडौँ । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने व्यवस्था भएको छ ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।
प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भीडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो ।
अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भीड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भीड लाग्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भरिरहेका छन् । रासस
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend