काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा एकपछि अर्को सफलता हासिल गरेको छ । एसएसपी डा. मनोजकुमार केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएपछि नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी गिरोह समातियो । नक्कली भूटानी शरणार्थी प्रकरण खोतल्दै जाँदा देशका गृहमन्त्री, बहालवाला सचिवदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिवसहित १६ जना हाईप्रोफाइलहरु पुर्पक्षका लागि जेलमा पुगेका छन् ।
एसएसपी केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले हालै अनलाइन बेटिङमा संलग्न ८ जना पक्राउ गरेको छ । अनलाइन बेटिङ प्लेटफर्ममार्फत् सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले एकपछि अर्को सफलता पाउँदै गर्दा जटिल र गहन प्रकृतिका अपराध अनुसन्धानका लागि गठन भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) भने सुस्त देखिएको छ ।
सरकारले गएको चैत २० गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र पूर्व डीआईजी गणेशबाबु अर्याल सदस्य रहेको समिति बनाएर मिटर ब्याज पीडितको समस्या समाधान गर्नेगरी प्रतिवेदन तयार गरिरहेको छ ।
मिटर ब्याज पीडितको समस्या समाधानका लागि सरकारले समिति नै बनाएको अवस्थामा सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य भने १०–२० लाखका त्यस्तै प्रकृतिका उजुरी लिंदै अनुसन्धान गर्दैआएकी छन् । सीआईबी सहकारी र मिटरब्याजका खुद्रा काममा अल्झिदा जटिल प्रकृतिका अपराध अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय आक्रामक रुपमा उत्रिएको छ ।
नेपाल प्रहरीले ठूला र जघन्य अपराध अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) गठन गरेको थियो । सीआईबीले विगतमा अन्तर्राष्ट्रिय कल चोरी(भीओआईपी), ३३ किलो सुन काण्ड, विभिन्न जघन्य अपराधका घटनादेखि पछिल्लो समयमा ५ अर्ब ६३ करोड ठगी गरेको अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ८ बर्ष जेल सजायको माग गर्र्दै मुद्दा दायर गरेको थियो । शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने चिकित्सकहरुलाई पक्राउ गर्ने कार्यसमेत भएको थियो ।
जीबन बिमा कम्पनीबाट रकम हत्याउनका लागि सर्जन विकको हत्या गर्ने सपना मल्लसहित ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । मल्लसहितका ६ जनाले सुरुमा विकको वीमा गरी पछि हत्या गरेर बिमाबापत २ करोड ५० लाख रुपैयाँ लिएका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend