Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, असार ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरेको छ ।

    आज डलरको खरिद दर १३० रूपैयाँ ८३ पैसा र बिक्री दर १३१ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०३ पैसा र बिक्री दर १४४ रूपैयाँ ६९ पैसा तोकिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २७ पैसा र बिक्री दर १६८ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार