Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाललाई दोस्रो सफलता, गुल्सन झाले लिए विकेट


    बिहिबार, असार ७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इण्डिजविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ।

    उक्त खेलमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका हुन् ।

    जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

    यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।

    वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।

    नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार