Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाली क्रिकेट टिम जिम्बाब्वे प्रस्थान


    आइतबार, जेष्ठ २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिम जिम्बाब्वे प्रस्थान गरेको छ । दक्षिण अफ्रिकाको भ्रमण पूरा गरेर जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि नेपाली टोली जिम्बाब्वे प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    नेपाली टोली विश्वकपको तयारीका लागि दक्षिण अफ्रिका पुगेको थियो । दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो । नेपालले दुबै खेलमा पराजय भोगेको थियो ।

    छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल आयोजक जिम्बाब्वेविरुद्ध जुन १८ तारिखमा खेल्ने छ । समूह ‘ए’ मा जिम्बाब्वेसँगै नेपाल, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् ।

    नेपालले समूह चरणको दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, तेस्रो खेल टेस्ट राष्ट्र तथा दुई पटकको विजेता वेस्ट इन्डिजसँग जुन २२ तथा चौथो खेल नेदरल्यान्ड्ससँग जुन २४ मा खेल्ने तालिका रहेको छ ।

    छनोटको समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । विश्वकप छनोटबाट दुई टोलीले भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

    नेपालले जिम्बाब्वेमा यूएई र ओमानविरुद्ध अभ्यास पनि खेल्ने तालिका रहेको छ । नेपालले यूएईसँग जुन १३ तथा ओमानसँग जुन १५ मा खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार