Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्यानचेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधि


    आइतबार, जेष्ठ २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधि हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि जीत हासिल गरेको हो ।

    शनिवार राती एटाटर्क ओलम्पिया स्टेडियममा शनिवार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औँ मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधिका लागि निर्णायक साबित भयो । त्यसपछि दुवै पक्षबाट कुनै गोल निस्कन नसक्दा खेल १-० मा टुङ्गिएर सिटी च्याम्पियन सिपको उपाधि चुम्न सफल भयो ।

    पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधिमा पनि जीत हासिल गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार