काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने भन्दै प्रश्न उठाएका छन्।
उनले एउटै व्यक्तिले पटकपटक जिम्मेवारी प्राप्त गर्ने परिपाटीको अन्त्य हुनु पर्ने दाबी समेत गरेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले नयाँ अवसरका लागि पनि एउटै व्यक्तिले पटकपटक अवसर पाउनु न्योचित नभएको बताए ।
“पार्टीमा नयाँ मान्छे आएनन् भनेर चिन्ता व्यक्त गरिरहेका बेला एउटै व्यक्तिले कति पटक अवसर पाउने ?, एउटै व्यक्ति दुई/तीन/चार कतिपटक प्रधानमन्त्री हुने,” गगन भन्छन्, “नयाँ व्यक्तिलाई अवसर दिनु पर्दैन ?” नयाँ अवसरका लागि न्योचित वितरण आवश्यक रहेको उनको धारणा छ । यसमा अब खुलेर छलफल आवश्यक रहेको उनी बताउँछन् ।
नेपाली कांग्रेसले उमेदवार हुने र छनोट गर्ने विद्यमान परिपाटी बदल्नु पर्नेमा उनको जोड छ ।
पार्टीभित्र सदियौंदेखिको गुट भत्काउन अब सदस्यता वितरणदेखि प्रतिनिधि छनोट गर्दा नयाँ विधि र प्रक्रिया अवलम्बन गर्नु पर्नेमा उनको दाबी छ
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend