Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु


    शुक्रबार, जेष्ठ २६ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रवार एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

    करिब पाँच बजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएका थिए । पोखरीमा डुबेर उत्रन नसकेपछि साथीहरुले हारगुहार गरेका थिए ।

    स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो । अस्पताल पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार