Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा प्रवक्ता मनिषकुमार भन्छन्- बालेन शाहले बालापन देखाए


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण समग्रमा सफल भएको टिप्पणी गरेका छन् । पूर्वतयारीको अभावमा हवाई रुटबारे भने सम्झौता हुन नसकेको उनको जिकिर छ ।

    सीमा विवाद समाधानमा बंगलादेश मोडलबारे प्रधानमन्त्रीले पूर्वतयारी बिना बोलेको सुमनको टिप्पणी छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘प्रचण्डले अचम्मको कुरा गर्नुभयो । जब कि यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा र भारतीय पक्षले उठान गरेको थाहा छैन । हाम्रो प्रधानमन्त्रीको मनमा एकल रुपमा कसरी यस्तो विचार आयो ? यो नेपालको विचार होइन । भारतको पनि त्यस्तो विचार होइन । विषय उठेको पनि छैन, जरुरी पनि छैन ।’

    उनले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुने पनि दाबी गरे । सुमनले भने, ‘नेपाल र भारतबीच सीमाका सानातिना समस्या छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नै ९८ प्रतिशत समाधान भयो भन्नुभएको छ । सीमाको समस्या साह्रै कम ठाउँमा मात्र छ । तर कथित राष्ट्रवादीहरुका कारण समय-समयमा संशय चाहिं भइरहन्छ । ‘चुच्चे नक्साका बारेमा भारतलाई विश्वस्त बनाउनु नेपालकै जिम्मेवारी भएको पनि सुमनले बताए ।

    साथै उनले काठमाडौं महानगरपालिकाको कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर मेयर बालेन शाहले मूर्खता देखाएको आरोप पनि लगाए । उनले भने, ‘यो बालेनजीको मूर्खता हो । उहाँले टिट फर ट्याट जस्तो गरी केटौले व्यवहार गर्नुभएको छ । यो कसैलाई जिस्काउने धृष्टता हुन्छ । यो उहाँको बालापन हो । ऐतिहासिक कुरा इतिहासमा राख्ने कुरा हो । भारतले पनि महाभारतकालको नक्सा राखेको हो । यो बालेको उमेरदोष हो । कसैले गर् यो भन्दैमा नक्सा बनाएर पर्खालमा टाँसिहाल्नु जरुरी छैन । पद र ओहदामा रहेको जिम्मेवार व्यक्तिलाई सुहाउँदैन । बालेन र हर्क साम्पाङजति अनुशासनहीन जनप्रतिनिधि मैले देखेको छैन । यो अजिब हर्कत हो । उट्पट्याङ हो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार