काठमाडौँ। जनता समाजवादीका प्रमुख सचेतक प्रदीप यादवले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री प्रकाशशरण महतसँग कुराकानी गर्ने बताएपछि संसद् बैठक सुरू हुन नसकेको टिप्पणी गरेका छन्।
सदन खुलाउने विषयमा आज सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका थिए।
‘बैठक सञ्चालन गर्ने सहमति भएको थियो। एमाले र राप्रपाले बोल्ने त्यसपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको हो। तर प्रमुख विपक्षी दलको नेताले अर्थमन्त्रीसँग म कुरा गर्छु भनेपछि बैठक बस्ने सहमति हुन सकेन,’ प्रमुख सचेतक यादवले भने।
बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।
आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बोलाइएको बैठक साढे १ बजेलाई सारिएको छ। प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरू भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend