Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जब ओलीले ‘म राँगा चढ्या हो’ भनेपछि


    सोमबार, जेष्ठ २२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफू राँगो चढेको बताएका छन् । उनले प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै भने, ‘म राँगा चढ्या हो ।’

    उनले आफूले बोलेको कुरा संसदबाट हटाए हटाइयोस् भन्दै विवाद राँगा चढेकोमा वा राँगाजस्तै जहाज चढेकोमा भन्ने नभइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको प्रोटोकल नमिलेको बताए ।

    उनले परिवारको सदस्य वार्तामा राख्न नहुने स्पष्ट पारे । ओलीले छोरी लिएर गएर भेटवार्तामा राख्न नपाइने स्पष्ट पारे । वार्तामा परराष्ट्र मन्त्री हुनुपर्ने बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार