Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    आइतबार, कार्तिक १२ २०८०
    1.4K
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज(आईतबार) बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक डाकिएको छ ।

    सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    उक्त बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार