काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबारको संसद बैठकमा नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे छलफल गर्न नियमित कार्यक्रम स्थगित गर्न माग गरेको छ।
राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद सचिवालयमा संसद बैठकमा नागरिकता विधेयक र प्रधानमन्त्रीको भ्रमणबारे छलफल गर्न नियमित कार्यक्रम स्थगित गर्न माग गरेका छन्।
संसद सचिवालयमा उनले आज नियमित कार्यक्रम स्थगन प्रस्ताव दर्ता गरेका छन्।
‘प्रतिनिधिसभा नियमावली,२०७९को नियम ७४ बमोजिम देहाएको अत्यन्त जरुरी सार्वजनिक महत्वको बिषयमाथि छलफल गर्न आजको बैठकको कार्यक्रम स्थगित गरियोस् भनी सूचना दिएका छौँ,’ स्थगन प्रस्तावमा भनिएको छ, राष्ट्रपति रामचन्द्र पौडेलले नीति र नियम विपरित नागरिकता विद्येयक प्रमाणीकरण गर्नुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण मुलुकको हित विपरित छ।
उक्त बिषयमा छलफल हुनुपर्नेमा छलफल नै नगरि संसद नियमित रुपमा अघि नबढाई स्थगित को माग गर्छु। प्रमुख सचेत ज्ञानेन्द्र शाहीले सचिवालयमा दर्ता गरेको पत्रमा भनिएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend