Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अदालतमा पूर्वगृहमन्त्री खाँडको इन्कारी बयान– ‘कसैसँग कुराकानी र लेनदेन भएको छैन’


    शनिबार, जेष्ठ २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडले अदालतमा इन्कारी बयान दिएका छन् ।

    उक्त प्रकरणमा पक्राउ परेका खाँडले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुनुअघि भएको बयानमा इन्कारी बयान दिएका हुन् ।

    बयानमा खाँणले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको आरोपमा सत्यता नरहेको बताएका छन् । उनले बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग भेट भएको भन्दै पाण्डेले लगाएको आरोप झुटो भएको जिकिर गरेका छन् । उनले कसैसँग कुराकानी र लेनदेन नभएको बयान दिएका छन् ।

    खाँडले आङटावा शेर्पासँग कुरा नभएको र आफूले बयान फेर्न पनि नलगाएको बयान दिएका छन् । खाँणले आफूले पीडितलाई रकम फिर्ता गर्न नभनेको पनि बयान दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार