Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीको यस्तो आजको भ्रमण तालिका


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे मन्दिर पुग्न लागेका हुन् ।

    त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

    त्यहाँ प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार