काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र अब दुई गुटमात्र रहेको बताएका छन् । उनले कांग्रेसमा परिवर्तन अवश्यम्भावी रहेको भन्दै अब परिवर्तन चाहने र रोक्ने गरी दुई गुटमात्र रहेको बताएका हुन् ।
ट्रेड युनियन कांग्रेस अन्तर्गतको युनिप्रेसले राजधानीमा आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ नामक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले अब परिवर्तन बिना कांग्रेसको अस्तित्व नरहने भन्दै त्यसका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन् ।
यसअघि विभिन्न गुट बनेका भए पनि अब निर्विकल्प रुपमा कांग्रेसको मौलिक अधिकारका लागि एक गुटमात्र हुनुपर्नेमा उनले जोड दिएका छन् ।
उनले पार्टीका व्यक्तिले चुनाव हारे पनि पार्टीको मूलभूत सिद्धान्तले जित्नुपर्ने भन्दै अब कसैसँग पनि एकता गर्न नहुनेमा जोड दिए ।
नेता थापाले कार्यकर्ताहरुमा सबैतिर निराशा छाएको भन्दै तल्लो तहका कार्यकर्ताका कुरा सुन्नका लागि त्यहाँ पुग्नुपर्ने बताए ।
उनले चुनावमा बेलामा कार्यकर्तालाई गठबन्धनकै कारण जताततै भोट हाल्न लगाइँदा कार्यकर्तामा निराशा छाएको भन्दै त्यो गल्ती अब दोहोर्याउन नहुने बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend