काठमाडौँ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै गरिएको ठगी धन्दाका क्रममा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेको अदालतमा बयान सकिएको छ।
पाण्डेले बुधबार जिल्ला अदालत काठमाडौँमा बयान दिएका थिए। पाण्डेले उक्त घटनाको सम्बन्धमा इन्कारी बयान दिएका छन्। बैंक खातामा जम्मा भएको रकमको सम्बन्धमा उनले ऋण बापत प्राप्त भएको बताएका छन्।
पाण्डेले पाण्डेले नक्कली भुटानी शरणार्थीका नाममा असुल गरिएको रकम निजी सुरक्षा गार्ड धर्मराज शाहीमार्फत निजी बैंक खाता जम्मा गर्थे। धर्मराज नेपाल प्रहरीका बरिष्ठ सई हुन्।
उनले आठ महिनाको अवधिमा एभेरेष्ट बैंकमा रहेको निजी खाता नं. ००१००१०५००००१८ मा आठ पटक रकम जम्मा गराएका थिए। त्यस्तै, हिमाल बैंकमा रहेको उनको अर्को निजी खाता नंं.०२७०४६७२४७००१८ मा तीन पटक रकम जम्मा गराएका थिए।
उनले धर्मराजमार्फत दुई वटा बैंक खातामा २ मंसिर ०७८ देखि ११ फागुन ०७८ सम्म ८४ लाख ९४ हजार ९७ रुपैयाँ जम्मा गरेका थिए। पाण्डेले उक्त रकम बिचौलिया मध्येकै केशव दुलाल, सन्देश शर्मा र सानु भण्डारीबाट लिने गरेका थिए।
सोही क्रममा दुलालले एक करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेका थिए। धन्दाका सम्बन्धमा उनले मुख्य बिचौलिया केशव दुलालसँग एसएमएस(सर्ट मेसेज सर्भिस) मार्फत पनि बाक्लो कुराकानी हुने गर्थाे।
सरकारी वकिल कार्यालय काठमाडौँले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएस अनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वास्थ तुल्याउँदै गरेको देखिन्छ। यसका लागि यूनसिएचआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन्।
तर,अदालतसँगको बयानमा उनले दुलालसँगको वार्ता पनि इन्कार गरेका छन्। उनले सवै वार्ता भावावेश आएर भएको बयान दिएका छन्। उनीसँगै सानु भण्डारी,गोविन्द्र चौधरी र रामशरण केसीले पनि अदालतमा बयान दिएका थिए।
त्यसपछि पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’का सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राईको अदालतमा बयान भएको थियो। उनीहरुले पनि अदालतमा इन्कारी बयान दिएका छन्।
गत १२ जेठदेखि पक्राउ परेकाविरुद्धको बयान जिल्ला अदालतमा जारी छ। यसक्रममा पक्राउ परेकामध्ये मुख्य बिचौलिया केशव दुलाल,सागर राई,टंक गुरुङ,सन्दीप भण्डारी, लक्ष्मी महर्जनको बयान सकिसकेको छ।
दुलाल र राईले १२ जेठमा बयान दिएको थिए भने, गुरुङ, भण्डारी र महर्जनको १४ जेठमा बयान दिएका थिए। त्यस्तै,डा.राईले १६ जेठमा बयान दिएका थिए। घटनामा १६ अभियुक्त पक्राउ परेका छन्, १४ फरार छन्।
अनुसन्धानको ६० दिनपछि अभियुक्तविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। उनीहरुविरुद्ध लिखत किर्ते,राज्यविरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्दा चलाइएको छ।
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend