काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा बयान जारी छ।
आज न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान जारी रहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। सोमबार सार्वजनिक बिदा भएकाले बयान भएको थिएन।
इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको सूचना अधिकारी दाहालले बताए।
राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए। केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए थिए। यसअघि इजलासले पाँच जनाको बयान लिइसकेको छ।
गत आइतबार इजलासले टंककुमार गुरूङ, सन्दीप रायमाझी र लक्ष्मी महर्जनको बयान लिएको थियो। इन्द्रजितको पनि आइतबार नै बयान लिने तयारी गरे पनि अस्वस्थ रहेको भनेपछि लक्ष्मीको बयान गराइएको थियो।
प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। उनीहरूको यो साताभर बयान हुने सम्भावना छ।
बयान सकेपछि मात्रै थुनछेक बयान हुनेछ।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा संगठित अपराध, ठगी, राज्यविरूद्धको कसुर, लिखत किर्ते र एकीकृत कसुरमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend