Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टीकापुर काण्डमा मारिएका अढाई वर्षीय बालकको घरमा न्याय पाउँनुपर्छ भन्दै पुगे रेशम र रञ्जिता


    मंगलबार, जेष्ठ १६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। १६औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर सोमबार रिहा भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत रहेका पूर्वसांसद रेशम चौधरी र पार्टीकी अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठले उक्त टिकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको अभिभावलाई भेटेका छन् ।

    रेशमले कैलाली पुगेलगत्तै उक्र काण्डमा मारिएका ती अढाई वर्षीय बालकका अभिभावकलाई भेटेका हुन् ।

    उनले बालकका बुवा टेकबहादुर राउदलाई भेटेर सत्य तथ्य बाहिर ल्यउनका लागि सहयोग गर्ने वचन व्यक्त गरेका छन् । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको खण्डमा सत्यतथ्य बाहिर आउनेसमेत बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले सरकारको ध्यानाकार्षण गराएका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार