काठमाडौं । सरकारले वीर अस्पतालको जलन उपचार कक्ष (बर्न युनिट) लाई जलन उपचार केन्द्रका रूपमा विकास गर्ने भएको छ । सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालको जलन कक्षलाई स्तरोन्नति गरी सुविधा सम्पन्न जलन उपचार केन्द्रका रूपमा विकास गर्ने बताए ।
वीर अस्पतालमा जलन उपचार कक्ष भए पनि २०७२ को भूकम्पपछि सञ्चालनमा आउन सकेको थिएन । वीरमा जलन उपचारसम्बन्धी चिकित्सक तथा स्वास्थ्यकर्मी आवश्यक मात्रामा रहे पनि हाल जलन उपचार कक्ष बन्द अवस्थामा छ ।
अर्थमन्त्री महतले वीर अस्पतालको जलन (बर्न) उपचार युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न जलन उपचार केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको जानकारी दिए । हाल वीर अस्पतालमा २५ शय्याको जलन वार्ड सञ्चालन गर्ने तयारी भइरहेको छ । सुरुमा १० शय्या जलन उपचार कक्ष सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको छ ।
अस्पतालमा जलन उपचार कक्ष निर्माणका लागि आवश्यक आइसियु, शय्या भए पनि केही उपकरण तथा जनशक्ति अभावले जलन उपचार कक्ष सञ्चालनमा आउन सकेको छैन । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष सञ्चालन गर्ने निर्णय गरेका थिए ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend