Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आगामी आर्थिक वर्षको कुल बजेट साढे १७ खर्ब


    सोमबार, जेष्ठ १५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् ।

    अर्थमन्त्री महतका अनुसार चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

    सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको आर्थिक सुधारको योजना समेत सरकारले बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार