Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गगन थापाको गुनासो: पार्टी सुधारको काम गर्दा महामन्त्री पद गए जाओस्


    सोमबार, जेष्ठ १५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी बेगका साथ सुधार गर्नुपर्ने भन्दै सुधारका पक्षमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

    ‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन,’ कांग्रेस ललितपुरले आज गरेको कार्यक्रममा थापाले भने, ‘हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ।’

    उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने आँट गर्नुपर्ने बताए।

    ‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ,’ थापाले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्। सदस्य मात्रै भएर बस्न परे बसुँ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार