काठमाडौँ। पर्यटनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कूटनीतिक पहल गरिराखेको दाबी गरेका छन्।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायमा निराशा छाएको भन्दै आफूले भारत र चीनका विभिन्न सहरबाट उडान भर्न पहल गरिराखेको बताए।
‘पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा तपाईंहरूमा निराशा छाएको छ, मेरो स्तरबाट कूटनीतिक छलफल जारी राखेको छु,’ उनले भने, ‘चीनको विभिन्न सहरबाट र भारतको विभिन्न सहरबाट पोखरा उडान गर्न सक्यौं भने स्वाभाविक रूपमा पोखरा पर्यटनको केन्द्र बन्छ।’
मन्त्री किराँतीले यही जुन २२ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा चार्टर्ड उडान गर्ने सहमति भएको पनि बताए।
विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न पोखरा–चीन सिधा उडान प्रस्थान विन्दु बन्ने उनले दाबी गरे।
नेपालको आर्थिक समृद्धिको स्रोत पर्यटन रहेको भन्दै उनले प्रकृति र संस्कृतिलाई ब्राण्डिङ गर्नुपर्ने बताए।
पोखरास्थित तत्कालीन राजपरिवारको दरबार सर्वसाधारणलाई खुला गर्दै मन्त्री किरातीले रत्नमन्दिर पर्यटकका लागि भुल्ने ठाउँ बनेको बताए।
राजा महेन्द्रले २०१५ सालमा निर्माण गरेको रत्नमन्दिर गणतन्त्र दिवसका अवसरमा सोमबार खुला गरिएको हो।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend