Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु


    आइतबार, जेष्ठ १४ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलाएको मन्त्रिपषिदको आकस्मिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने स्रोतले जनाएको छ।

    ‘एजेण्डाबारे खुलाइएको त छैन तर बजेट, प्रमको भारत भ्रमण र गणतन्त्र दिवसका अवसरमा कैदीहरूलाई दिइने कैद छुटका बारेमा निर्णय हुने प्रबल सम्भावना हो’, एक मन्त्रीले भने,‘त्यसबाहेक अरू तत्काल निर्णय गर्नुपर्ने अरू विषय छैनन् ।’

    प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार