Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेशसभा घेर्न खोज्ने २३ पहिचानवादी गुलेली र घरेलु हतियारसहित पक्राउ


    आइतबार, जेष्ठ १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ । गत पुस १७ गते प्रदेशको नामाकरण पछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

    यसैबीच कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्रिय २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । उनका अनुसार प्रहरीले उप महासचिव दिपा लावतीलाई पनि पक्राउ गरेको छ ।

    प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ गरेको हो ।

    उनीहरू प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका थिए । उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले बताए । उनका अनुसार सुरक्षा अवस्था मजबुत पारिएको बताए ।

    कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले हिजै बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् ।

    विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता पहिचान वादी सङ्घ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रित भएका छन् ।

    प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिको आयोजनामा हुने भनिएको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा अवस्था कडा बनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार