Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने


    आइतबार, जेष्ठ १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल गर्न लागेका हुन ।

    उनले पहिलो चरणमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्र मन्त्री लगायतसँग छलफल गर्ने बताइएको छ ।

    दोस्रो चरणमा कूटनीतिक परामर्श गर्नेछन्, जुन छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरू तथा भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार