काठमाडौं । वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै भन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द गरेको छ भने कर्मचारीहरू फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्ववानअनुसार शिवशिवर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन्। भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा कार्यालय स्थापना गरेर ६ हजार वचतकर्ताबाट निक्षेप संकलन गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्।
देशभरका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरेको शिवशिखर सहकारीले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरासँगै डोटी, कैलाली र कञ्चनपुरमा शाखा स्थापना गरेको छ । शिवशिखर सहकारी संस्थामा बचत गरेका सर्वसाधारणलाई उजुरी दिन सार्वजनिक सूचनामार्फत आह्रवान गरेको हो । शुक्रबारसम्म २ हजार बढी बचतकर्ताबाट १ हजार ३ सय ६५ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए ।
एउटै परिवारका सदस्य बचतकर्ताबाट सामूहिक उजुरी माग गरिएकाले उजुरी दिने बचतकर्ताको संख्याभन्दा कम उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरेर सञ्चालक र कर्मचारी फरार रहेकाले उजुरी दिन सर्वसाधारणलाई आग्रह गरिएको हो । पीडितको उजुरीका आधारमा साढे ७ करोड रुपियाँ सहकारीमा जम्मा गरिएको प्रमाण उपलब्ध भएको छ ।
पीडितको उजुरी लिने कार्य अगामी सातासम्म निरन्तर जारी रहने भएकाले पीडितको संख्या बढ्दै जाने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्।
सो सहकारीका बचतकर्ता तथा ग्राहक डडेल्धुरा जिल्ला बाहिर डोटी, कैलाली र भारतमा समेत रहेकाले दुई सातासम्म उजुरी आउन सक्ने डीएसपी भट्टले बताए ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend