Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनमतका अध्यक्ष सीके राउत दिल्ली प्रस्थान


    शनिबार, जेष्ठ १३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनमत पार्टीका अध्यक्ष तथा सांसद चन्द्रकान्त राउत (सीके राउत) नयाँ दिल्ली प्रस्थान गरेका छन् । राउत आज बिहान काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको स्रोतले बताएको छ ।

    उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान सवा ८ बजे उडेका हुन् ।

    यसैबीच स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको टोली स्वीट्जरल्याण्डबाट स्वदेश फर्केको छ । सचिव डा. विकास देवकोटासहित छ सदस्यीय टोली हिजो दोहा हुँदै काठमाडौं आइपुगेको हो । जेनेभामा भएको ७६औं विश्व स्वास्थ्य सम्मेलनमा भाग लिन मन्त्री बस्नेतको नेतृत्वमा टोली गत साता त्यसतर्फ गएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार