Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुने भएको छ।

    आजको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले बजेट अधिवेशन आव्हान गरेको पत्र सभामुख तुलाराम घर्तीले पढेर सुनाउँनेछन् । त्यस्तै मौजुदा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन सम्बन्धि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गर्ने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ ।

    आज नै दलको तर्फबाट सांसदहरूले शुभकामना मन्तव्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्ली बहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले ‘स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्ने कार्यसूची छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार