Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • राख्नैपर्ने भएकाले सहमतिमै ‘कोशी’ नाम राखियो: कांग्रेस


    बिहिबार, जेष्ठ ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै प्रदेश नामकरणको विषय वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

    उक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश नं १ नामांकन संघर्ष समितिलाई वार्तामा बोलाई उचित मागहरूलाई यथाशक्य सम्बोधन गर्नु ध्यानाकर्षण समेत गराएको छ ।

    विज्ञप्तिमा आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कर्फ्यू लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गरिएको छ । विज्ञप्तिमा गर्दै परिस्थितिलाई शान्त बनाउँदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गरिएको छ ।

    विज्ञप्तिमा आन्दोलनरत शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लङ्घन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गरेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार