Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय संसदको संयुक्त बैठक आगामी आइतबारसम्मका लागि स्थगित


    बुधबार, जेष्ठ १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदको संयुक्त समितिको बैठक स्थगित भएको छ । आज अपराह्न ४ बजे बसेको बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको हो ।

    आजको बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा २०८० को प्रतिवेदन प्रस्तुत भई सैद्धान्तिक छलफल भएको छ । सैद्धान्तिक छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सहभागी भए ।

    सभामुखले नियमावलीको मस्यौंदा समितिको प्रतिवेदनमाथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको छ । सो मस्यौदा प्रतिवेदनमाथि ७२ घण्टाभित्र प्रतिनिधि सभाको बिधेयक शाखामा संशोधन प्रस्ताव पेस गर्न सकिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार