काठमाडौं । वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ ।
गत फागुन ३ गते राति प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उनकी आमा आगलागीमा परी गम्भीर दुर्घटना हुँदा उपचारमा समस्या परेको थियो । आमा चन्द्रकला भण्डारीको घटनाको भोलिपल्ट निधन भयो भने सांसद भण्डारीको उपचार नेपालमा नहुने भएपछि भोलिपल्टै भारत लगिएको थियो ।
वीर अस्पतालमा कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने भनी पहिलो निर्णय नै गरेका थिए । निर्णयको तीन महिना बित्दा पनि त्यसबारे वीर अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयबीच समन्वयको अभाव देखिएको छ । काम पनि अगाडि बढेकै छैन ।
भारतको मुम्बईबाट उपचार गरी फर्किएका सांसद् भण्डारीले सरकारी अस्पतालमा उपचार गराउन पाएका छैन । उनी कीर्तिपुर बर्न अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँकै एक निजी अस्पतालमा थप उपचार गराइरहेका छन् ।
वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसक्दा वार्ड सञ्चालन गर्न नसकिएको दाबी गरे । उनले जलन वार्ड सञ्चालनका लागि अस्पतालले गर्नुपर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जानकारी दिए । उनले जलन वार्डका लागि आवश्यक चिकित्सक, शय्या, सघन उपचार शय्या तथा स्थानको समेत व्यवस्था भइसकेको भए पनि केही उपकरण र नर्सिङ जनशक्ति पूरा नभएको एवं त्यसका लागि बजेट मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो । “वीर अस्पताल स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा पर्न सकेन” उनले भने ।
वीर अस्पतालले २५ शय्या क्षमताको छुट्टै जलन कक्ष सञ्चालन गर्नका लागि तयारी अघि बढाएको थियो । वीर अस्पतालका प्रवक्ता सागर मिश्रले मन्त्रालयमा जलन वार्डसम्बन्धी तीन करोड रुपियाँको प्रस्ताव पठाइएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend