चितवन । पूर्वपश्चिम महेन्द्र राजमार्गको टिकौली जंगलमा आज आइतबार मध्याह्न खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
उक्त घटनामा अर्काे एक जना सख्त घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा स्कुटरका चालक भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तमाङ रहेका छन् ।
त्यसैगरी स्कुटरको पछाडि बसेका भरतपुर–११ कै २० वर्षीय विशान्त ढकाल सख्त घाइते भएका छन् ।
आइतबार मध्याह्न पौने १२ बजेतिर भरतपुर महानगरपालिका–१२ मा पर्ने टिकौली जंगल क्षेत्रमा रत्ननगर टाँडीबाट भरतपुर आउँदै गरेको ना ४ ख ६६७४ नं को ग्यास सिलिन्डर बोक्ने ट्रकले सोही दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०३–००२प ७६८८ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको डिएसपी पण्डितले बताए । ठक्करपछि ट्रक पनि सडक छेउमा पल्टेको थियो ।
गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका स्कुटर चालक सागर तमाङलाई उपचारका क्रममा चिकित्सकले मध्याह्न साढे १२ बजे मृत घोषणा गरेको डिएसपी पण्डितले बताए ।
ट्रक चालक तनहुँ जिल्ला घुमाउने नगरपालिका– ४ बस्ने ५० वर्षीय ढकबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । प्रधान न्यायाधीश र न्यायाधीशसँग जोडिएका विवादास्पद सन्देश तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन् । आज सामाजिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend