काठमाडौँ। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजालको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान जारी छ।
आज शनिबार दिउँसो उनीहरू दुबै जनाको छुट्टाछुट्टै सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
‘दुबै जनाको बयान जारी छ। करिब एक घण्टादेखि छुट्टाछुट्टै बयान भइरहेको हो,’ उनले भने।
समितिका अध्यक्ष मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। त्यही दिन उनीहरूलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो। उक्त प्रकरणमा प्रहरीले उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरेको हो।
मियाँ हाल हिरासतमै रहेका एमाले सांसद टोपबहादुर रायमाझी निकट छन्। उनकै प्रस्तावमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले उनलाई अध्यक्ष बनाएका थिए। त्यसपछि पनि उनैको प्रस्तावमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले पनि कार्यकाल थपिदिएका थिए।
उनले चढ्ने सरकारी गाडी समेत यस प्रकरणमा प्रयोग भएको पाइएको हो। जसकारण उनको पनि संलग्नता खुलेको थियो।
यस्तै रिजालको पनि आर्थिक लेनदेन एवं संलग्नता भएको भन्दै पक्राउ गरिएको थियो।
शुक्रबार प्रहरीले उनीहरू दुबैमाथि सोधपुछ गरेको थियो। प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ। यसको अनुसन्धान चैत १२ गतेदेखि सुरू भएको थियो।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend