Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


    बुधबार, जेष्ठ ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंको तारकेश्वरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

    तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसएसपी भट्टले बताए।

    मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार बस काठमाडौंतर्फ आउँदै थियो। तीव्र गतिका कारण दुर्घटना हुँदा १० जना घाइते समेत भएको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार