Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ च्याम्पियनसिप फुबटल: समूह चरणमै भारत र लेबनानसँग नेपालको भेट


    बुधबार, जेष्ठ ३ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुबटलमा नेपाल समूह ‘ए’ मा परेको छ । आज बुधबार भारतको बैंग्लोरमा भएको ड्रमा नेपाल कुवेत, भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको हो ।

    यस्तै, अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश परेका छन् । पछिल्लो संस्करणको साफ माल्दिभ्समा भएको थियो । जहाँ नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

    हालसम्म नेपालले साफ उपाधि जित्न सकेको छैन । यसपटक साफमा दक्षिण एसिया बाहिरका दुई टिम लेबनान र कुवेत आमन्त्रित टिमको रूपमा सहभागी हुँदैछन् ।

    फिफा निलम्बनमा रहेका कारण श्रीलंका भने यसपटक साफमा सहभागी हुन पाएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार